भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

कोरोना संक्रमित बढे, जनशक्ति नहुँदा आइसीयू र भेन्टिलेटर थन्किए

कोरोना संक्रमित बढे, जनशक्ति नहुँदा आइसीयू र भेन्टिलेटर थन्किए

म्याग्दी । दक्ष जनशक्ति नहुँदा बेनी अस्पतालको भेन्टिलेटरसहितको सघन उपचार कक्ष प्रयोग विहिन भएका छन् । करोडौं खर्चेर जडान गरिएका ती महत्वपूर्ण उपकरण सञ्चालन नभएर थन्किएका हुन्।

गण्डकी प्रदेश सरकारले विसं २०७६ असारमा अस्पतालमा एक करोड २५ लाख रूपैयाँ खर्चेर दुई वटा भेन्टिलेटरसहित पाँच शय्या क्षमताको आइसियू कक्ष स्थापना गरेको थियो।

ती उपकरण प्रयोगविहीन हुँदा बिरामीलाई धेरै पैसा खर्चिएर पोखरा, काठमाडौं पुर्‍याउनुपर्ने दुःखद अवस्था रहेको स्थानीयवासीको भनाइ छ । कतिपय बिरामीले एम्बुलेन्स र ट्याक्सीमा पोखरा जादा जादै बाटोमै ज्यान गुमाउनुपरेको स्थानीयको गुनासो छ ।

दरबन्दी र जनशक्ति नहुँदा उपकरण भए पनि आइसीयू चलाउन नसकेको अस्पताल प्रशासनले जनाएको छ। आइसियू कक्ष सञ्चालन गर्न कम्तीमा चार जना मेडिकल अधिकृत, दश जना स्टाफ नर्स, दुई जना परामर्शदाता र चार जना सहयोगी पदका जनशक्ति आवश्यक पर्ने अस्पतालका प्रमुख डाक्टर जितेन्द्र कडेलले जानकारी दिए।

अस्पतालको सबै श्ययामा पलान्टबाट पाइप मार्फत अक्सिजन आपूर्ति गर्ने ब्यवस्था मिलाइएको छ। विद्यमान चिकित्सक र स्वास्थ्यकर्मीबाट सेवा दिन सकिने भएकाले बालबालिका उपचार कक्षको आइसीयूलाई प्रयोगमा ल्याउने तयारी गरिएको अस्पतालले जनाएको छ ।

कोरोनाका विरामीको चाप पनि बढीरहेको चिकित्सकले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.