कोरोना सङ्क्रमित एक जनाको मृत्यु

कोरोना सङ्क्रमित एक जनाको मृत्यु image

कैलाली । कैलालीको गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुषको कोरोना भाइरस सङ्क्रमणका कारण आज मृत्यु भएको छ । कडा खालको निमोनियाले अवस्था जटिल भएपछि आइतबार राति अस्पताल पुग्नु भएका उहाँको नमूना परीक्षण गर्दा कारोना सङ्क्रमणको पुष्टि भएको थियो । सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले आइतबार राति भर्ना भएका उहाँको अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जानकारी दिनुभयो । गएको फागुनमा उहाँ भारतबाट घर फर्किनु भएको जनाइएको छ ।

सेती प्रादेशिक अस्पतालमा सङ्क्रमित चार जनाको उपचारको व्यवस्थापन भइरहेको छ । ‘‘सङ्क्रमितमध्ये दुई जनाको भेन्टिलेटरमा र एक जनाको आइसियुमा उपचार भइरहेको छ,’’ सूचना अधिकारी श्रेष्ठले भन्नुभयो, ‘‘फागुन १० गतेयता कोरोनाका कारण हुने मृत्यु दर अस्पतालमा शून्य रहेकामा आज ५० दिनपछि एक जना सङ्क्रमितको मृत्यु भएको हो ।’’ पछिल्ला हप्तामा भारतमा यो रोगको सङ्क्रमण र मृत्यु दर बढेसँगै नेपालमा यो रोग फैलिने जोखिम देखिएको छ । सुदूरपश्चिम प्रदेशसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा कोरोनाको सङ्क्रमण बढेसँगै त्यहाँका शैक्षिक संस्था बन्द गरिएको छ ।

महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचाररत एक जना सङ्क्रमितको पनि केही दिनअघि मृत्यु भएको थियो । रोग फैलिन नदिन सचेतना कार्यक्रम सञ्चालन भइरहेको भए पनि स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा भइरहेको लापरवाहीले कोरोना भाइरसको जोखिम बढ्ने देखिएको श्रेष्ठले बताउनुभयो । मास्क नलगाई हिँड्ने, एक आपसमा भौतिक दूरी कायम नगर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदा सुदूरपश्चिम प्रदेशमा कोरोनाको उच्च जोखिम देखिएको छ । पछिल्ला दिनमा प्रदेशमा यो रोगको सङ्क्रमण दर बढ्दै गएको छ । स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्कका अनुसार पछिल्लो तीन हप्तामा १२७ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • नेपाली बजारमा भारतीयको घुइँचो image

    नेपाली बजारमा भारतीयको घुइँचो

    कञ्चनपुर ।  भीमदत्त नगरपालिका–९ स्थित भारतसँग सीमा जोडिएको नेपाली ब्रह्मदेव बजारमा पछिल्लो केही दिनयता चहलपहल बढेको छ । भारतको प्रसिद्ध तीर्थस्थल पूर्णागिरिमा लागेको नवरात्र मेलाका कारण सीमावर्ती नेपाली बजार...

  • भारतबाट घर फर्किनेको नाकामा घुइँचो image

    भारतबाट घर फर्किनेको नाकामा घुइँचो

    दोधारा चाँदनी । विजयादशमीका लागि भारतबाट फर्किनेको नाकामा घुइँचो लागेको छ । भारतमा रहेका नेपाली चाडपर्वका बेला घर फर्किन थालेपछि गड्डाचौकी नाकामा भीड लागेको हो । एक सातायता कञ्चनपुरको...

  • सेना परिचालन गरिदै image

    सेना परिचालन गरिदै

    काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले  स्वीकृति दिएकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको...

  • जमरा राखेर विधिपूर्वक पूजा आराधना गरिदै image

    जमरा राखेर विधिपूर्वक पूजा आराधना गरिदै

    काठमाडौं । नवरात्रको पहिलो दिन आज घटस्थापना । जमरा राखेर नवदुर्गा अर्थात देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिदैछ । घरको पूजा कोठा वा दसैँ घरमा विधिपूर्वक घटस्थापना...

Panauti Word 1 Ryale

Panauti Word 2 Kushadevi

Panauti Word 3 Kusadevi