भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कोरोना सङ्क्रमित बढ्दै

कोरोना सङ्क्रमित बढ्दै

उदयपुर । जिल्लामा साउनको दोस्रो हप्तामा कोरोना सङ्क्रमितको सङ्ख्या घटेर दुई सय पाँचमा झरेकामा तेस्रो हप्तामा आइपुग्दा ह्वात्तै बढेर ३१५ पुगेको छ । एक हप्ताका बीचमा सङ्क्रमित एक सयभन्दा बढी भएका छन् । स्थानीय तहमध्ये सबैभन्दा बढी सङ्क्रमित त्रियुगा, दोस्रो चौदण्डी र तेस्रो बेलका नगरपालिकामा रहेको कार्यलय प्रमुख मोहन सुवेदीले बताए । लिम्चुङ्बुङ र ताप्ली गाउँपालिकामा पनि सङ्क्रमित बढिरहेको उहाँको भनाइ थियो ।

घटेर शून्यको अबस्थामा झरिसकेको सङ्क्रमण एक हप्तामै पुनः तीव्ररूपमा बृद्धि हुन थालेकाले त्रियुगा–२को खैजनपुर गाउँ शिल गरिएको छ, जहाँ १५ सङ्क्रमित छन् । मालपोत कार्यलय, त्रियुगा र गाइघाटस्थित सिभिल बैङ्कका कर्मचारीमा समेत सङ्क्रमण देखिएकामा मालपोत भने एक हप्ताको लागि बन्द गरिएको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ४३ पुगेकामा ३१५ उपचारत छन् भने ५२ को मृत्यु भएको छ ।

 


Thali Mobile Pvt.Ltd.