भर्खरै : Sorry, your browser does not support inline SVG.
गुटेरेसको चेतावनी : जलवायु संकटको मार नेपालजस्ता कमजोर देशमा, धनी राष्ट्रले न्याय दिनैपर्छ | पोखरामा चाडपर्व लक्षित सुपथ मूल्य पसल, चिनी प्रतिकेजी १०० रुपैयाँमा | नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन |

कोसीमा एमाले–कांग्रेसको सरकार, मुख्यमन्त्रीले गरे दुई मन्त्री नियुक्त

कोसीमा एमाले–कांग्रेसको सरकार, मुख्यमन्त्रीले गरे दुई मन्त्री नियुक्त

विराटनगर । नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । पद तथा गोपनीयताको शपथ लिएसंगै मुख्यमन्त्री कार्कीले दुईजना मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका छन् ।

नेकपा एमालेका रामराना र नेपाली कांग्रेसका शमशेर राईलाई मन्त्री बनाएका छन् । दुवैजनाले पद तथा गोपनीयताको शपथ लिएका छन् । कांग्रेस ८ र एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले मुख्यमन्त्री नियुक्त भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए ।

कांग्रेस नेता शेखर कोइराला समूहबाट कार्की मुख्यमन्त्री बनेका हुन् ।प्रचण्ड, देउवा र कोइरालाबीच वर्तमान गठबन्धनलाई निरन्तरता दिने सहमति भएपनि कार्कीले एमालेलाई सरकारमा सहभागी गराएपछि गठबन्धनभित्र हलचल पैदा भएको छ ।

 


Thali Mobile Pvt.Ltd.