काठमाडौं । मेरिलेबोन क्रिकेट क्लबविरुद्ध तीन दिवसीय खेलको पहिलो पारीमा खराब प्रदर्शन गर्दै नेपाल १५३ रनमा अलआउट भएको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले ४४.४ ओभरमा सबै विकेटको क्षतिमा १५३ रन मात्रै बनाएको हो । नेपालका सुरुवाती कुनै पनि ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन् ।
सन्दीप लामिछानेले सर्वाधिक ३९, विनोद भण्डारीले ३५ र सोमपाल कामीले २६ रन बनाए । १८ रन जोड्दा नै महत्वपूर्ण तीन विकेट गुमाएको नेपालले सुरुमै दबाबमा खेलेको थियो । नेपालका कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट हुँदा शरद भेषावकर चार र राजु रिजाल आठ रनमा आउट भएपछि नेपालको पारी धरापमा परेको थियो ।
