१८ असार २०७७ काठमाडौं । नेकपा भित्र आन्तरिक विवाद चुलिएपछि शीर्ष नेताले छलफललाई चलायमान बनाएका छन् । विवादकै बीचमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली निकटका नेतालाई बोलाएर छलफल गरिरहेका छन् । छलफलमा सहभागि भएका ओली निकटका नेताहरुले एकतालाई जोगाउनुको विकल्प नरहेको बताएका छन् ।
पार्टीभित्र केही नेताहरुले कोचलकाडा प्रवृति देखाइरहेकाले नकपा भित्र विवाद चरम उत्कर्षमा पुगेको प्रचण्ड पक्षका नेताहरुले बताएका छन् । केहि छद्मभेषी नेताका कारण यताका कुरा उता र उताका कुरा यता गर्नाले विवाद भएको दुवै नेताले बुझेको केहि नेताको भनाई छ । जसरी भएपनि समस्या समाधानका लागि लाग्नुको विकल्प नरहेको निश्कर्ष बैठकले निकालेको छ । यता नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेटवार्ताका लागि सितल निवास पुगेका छन् ।
प्रधानमन्त्री ओली विहान ११ बजे राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेको र अझै छलफल जारी रहेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकरीले बताए । नेकपा भित्रको विवादित घटनाक्रमबारे छलफल भएको उनको भनाइ छ । अध्यक्ष प्रचण्ड र नेता माधवकुमार पक्षले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष पद छाड्न घोचक नीति लिएपछि प्रधानमन्त्री वाध्यकारी अवस्थामा सितलनिवास पुगेको एक नेताले बताए ।

