भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अच्चमको विवाह, बेहुलालाई छ लाख जरिवाना

अच्चमको विवाह, बेहुलालाई छ लाख जरिवाना

असार २०७७ काठमाडाैं । विवाहको भोज खाएर घर घर फर्किए पछि बेहुलालाई ६ लाख तिर्नु परेको छ । यो दण्डनीय विवाह भारतको राजस्थानको हो । महंगो खर्च गरेर वैवाहिक कार्यक्रम सम्पन्न गरेको परिवारले अप्रत्याशित ६ लाख तिर्नु पर्दा अच्चममा मात्रै परेनन्, ऋिणको भारी बोक्नु पर्यो ।

विवाहमा पाहुनाको रुपमा भोज खान आएका १६ जना छिमेकी कोरोनाभाइरसको सङ्क्रमणमा परेर एक जनाको मृत्यु समेत भए पछि सोहि विवाहका बेला संक्रमण भएको उनीहरुले बताए । सुरक्षा कानूनको उल्लङ्घन गरेको ठहर गर्दै बेहुलाको परिवारलाई छ लाख जरिवाना तिर्नुपरेको भारतीय प्रहरीले बताएको छ । कोरोना सङ्क्रमको बेला वैवाहिक कार्यक्रममा अधिकतम ५० जना पाहुना सहभागी हुन पाउने कानुनी व्यवस्था गरिएको छ ।

तर उक्त उत्सवमा कम्तीमा एक हजार पाहुना सहभागी भएको उल्यख गरिएको छ । सजाय स्वरुप बेहुलाको परिवारले सङ्क्रमित १५ जना र क्वारेन्टाइनमा रहेका ६० जनाको उपचार खर्च व्यहोर्नु पर्नेछ । आइसोलेसन वार्ड र अन्य सेवामा लाग्ने खानासहितको खर्चसमेत जोडिने प्रहरीले बताएको छ ।

यसभन्दा पहिले पनि गत साता मात्रै बिहार राज्यमा एक विवाह उत्सवमा सहभागी एक सय जना कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । लक्षण देखिएको बेहुलीको विवाह गरेको भोलिपल्टै मृत्यु भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.