भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

खै कहाँ छ स्वास्थ्य सुरक्षा ?

खै कहाँ छ स्वास्थ्य सुरक्षा ?

१४ साउन, २०७७ । पर्सा, बारा र रौतहटमा कोरोना संक्रमणको उच्च जोखिम रहेको छ ।  कोरोना महामारीका बेला अवैधानिक रुपमा भारतीय श्रमिक ल्याई सञ्चालन गरिएका वीरगञ्ज पथलैया औद्योगिक क्षेत्रका उद्योगहरुका कारण संक्रमण्को जोखिम बढेको हो । भारतबाट अवैधानिक रुपमा ल्याइएका श्रमिकसँगै स्थानीय नागरिकले काम गर्दा कोरोना संक्रमणको उच्च जोखिम भएको हो । तीनवटै जिल्लाका नागरिकहरु कोरिडोर क्षेत्रका उद्योगमा कार्यरत छन् ।

कोरिडोरमा रहेका प्रायः उद्योगहरुले सरकारले तोकेको मापदण्ड पूरा गरेका छैनन् । कोरिडोर क्षेत्रका प्रायः उद्योग सञ्चालन सुरुका केही दिनबाहेक लकडाउनको समयमा पनि यस क्षेत्रका प्रायः उद्योग सञ्चालनमा रहेको खुलेका थिए । बढी श्रमिक कार्यरत जगदम्बा इन्टरप्राइजेज, मारुती फर्माजस्ता उद्योगका श्रमिकमा कोरोना पुष्टि भइसकेको छ ।

उद्योगहरुले नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले तयार गरेको मापदण्डअनुसार सुरक्षा सतर्कता भने नअपनाएको उद्योगमा कार्यरत श्रमिकहरुको गुनासो रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.