भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

भारतलाई जवाफी पत्र, ‘नेपाली भूमिमा नेपालीलाई नै धम्की’

भारतलाई जवाफी पत्र, ‘नेपाली भूमिमा नेपालीलाई नै धम्की’

१४ साउन २०७७ काठमाण्डौ । दार्चुलाको कालापानी, लिम्पियाधुरा लगायत क्षेत्रमा नेपालीको उपस्थितिलाई लिएर भारतले आफ्नो भन्दै पठाएको पत्रको जवाफ नेपाल सरकारले पठाएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको सीमावर्ती धार्चुलाका जिल्ला अधिकारीलाई पत्र पठाउदै नेपालको भूमिमा नेपालीलाई नै धम्की दिन बन्द गरेर नेपालीलाई दुःख नदिन भनेको छ ।

गृह मन्त्रालयको निर्देशनपछि धार्चुलाका जिल्ला अधिकारीलाई जवाफी पत्र पठाइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए । पत्रमा सुगौली सन्धी तथा त्यस समयमा प्रकाशित नक्साहरू र ऐतिहासिक तथ्य–प्रमाणबाट लिम्पियाधुरा, नाबी, कुटी, गुन्जी, लिपुलेक, कालापानीलगायत क्षेत्र नेपालको भूभाग भन्ने प्रष्ट हुदाहुदै नेपाली भूभागमा नेपालीको आवतजावत स्वाभाविक नै रहेकोले बाधा–अड्चन नगर्न भनिएको छ ।jawaf patra
यो पनि पढ्नु…

फेरी भारतीय दादागिरी : कालापानी, लिम्पियाधुरामा नेपालीकाे प्रवेश रोक

 


Thali Mobile Pvt.Ltd.