भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा | चौतर्फी विरोधपछि शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता | अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो | सिक्किमको टिस्टा जलविद्युत् आयोजनामा पहिरोको कहर, ८ जनाको मृत्यु; सुरुङभित्र १९ मजदुर फसेको आशंका | वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा प्रक्रिया अब सहज, रकम सिधै बैंक खातामा जम्मा हुने | १२ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह | १ लाख रुपैयाँ चोरीको विवादपछि नयाँ बसपार्कको गेस्टहाउसमा युवतीको हत्या, मुख्य आरोपी पक्राउ | बिल लिने उपभोक्तालाई सरकारले दिने भयो १० लाखसम्म नगद उपहार, नयाँ कार्यविधि लागू |

खोलाको निकास साँघुरियो, बाढीको जोखिम बढ्दै

खोलाको निकास साँघुरियो, बाढीको जोखिम बढ्दै

राँझा । बाँकेको पेडारी खोलाको निकास साँघुरिदै गएपछि वर्षायाममा आउने बाढीले आवतजावतमा समस्या हुने गरेको छ । बाँकेको बैजनाथबाट खजुरा हुँदै बग्ने पेडारी खोलाले वर्षायाममा कटान गर्दै आउने र खजुरा बजार क्षेत्रमा पुगेपछि डुबान गराउने गरेको छ । नेपालगञ्ज–गुलरिया सडकखण्डमा पेडारी खोलामा रहेको साँघुरो पुलको वारीपारी सडकबाट बाढी बग्ने गरेको छ । खोलाको निकास साँघुरो भएपछि सडकबाटै बाढी बग्ने गरेका कारण वर्षायाममा लामो समयसम्म सवारी आवागमन ठप्प हुने गर्दछ ।

पेडारीखोलामा आउने बाढीका कारण यो वर्ष पनि नेपालगञ्ज–गुलरिया सडकखण्डको लामो समय सवारीसाधन जाममा परेको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । खोलामा अचानक बाढी आउँदा आवतजावत गर्ने सवारीसाधन र सर्वसाधारण यात्रुले दुःख पाउने गरेका छन् । सामान्य पानी सहजै बग्ने गरे पनि ठूलो बाढी आउँदा पुल साँघुरो भएकाले खोला भरिएर वारीपारी सडकमाथिबाट बग्ने गरेको बताए । उहाँका अनुसार नदी तथा खोलाहरू अतिक्रमण हुनु नै बाढीका प्रमुख कारण हो ।

अहिले खजुरामा सडक विस्तारको काम चलिरहेको छ । चारलेन सडक विस्तार गर्ने क्रममा पुल पनि विस्तार गरिने गाउँपालिका अध्यक्ष कक्षपतिले जानकारी दिए । नयाँ चार लेनको पुल नबन्दासम्म अन्य विकल्प नरहेको उहाँको भनाइ छ । चारलेन सडकसँगै पेडारी नालामा चार लेनकै पुल निर्माणको डिपिआर भइसकेकाले अब काम शुरु हुने खजुरा गाउँपालिकाका अध्यक्ष कक्षपतिको भनाइ छ । खजुरा गाउँपालिकाकै वडा नं २ मा पर्ने किरण खोलाको पुल विस्तारका लागि भत्काइएपछि अहिले यातायात अवरुद्ध हुनपुगेको छ ।

नेपालगञ्ज–गौघाट सडकखण्डको सीतापुर केगाउँस्थित किरणखोलाको जीर्ण पुल तीन महिनाअघि भत्काइएको थियो । वर्षाको समयमा पुल नहुँदा सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको खजुरा गाउँपालिका–२ का भीम वलीले बताए । किरणखोलामा पुल नभएका कारण सदरमुकाम नेपालगञ्ज आउन अहिले जानकी गाउँपालिकाको बेलभार हुँदै वैकल्पिक लामो बाटो प्रयोग गर्नुपरेको उहाँको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.