ललितपुर । ललितपुरको वाग्मती गाउँपालिका ६ आश्राङ र नं ७ गिम्दीको सङ्गमस्थल शुभाने खोलामा बगेर एक महिलाको मृत्यु भएको छ । एक बालिका बेपत्ता भएकी छन् ।
तीन दिनदेखि आएको अविरल वर्षासँगै शुक्रबार बाढीले बगाउँदा स्थानीय ४० वर्षीया सञ्जु सिङतानको मृत्यु भएको हो । साढे ४ बजेतिर खोला तर्ने क्रममा आएको बाढीले बगाउँदा सञ्जुको मृत्यु भएको वडा नं ७ का वडाध्यक्ष नवराज सञ्जेलले बताए ।
उनीसँगै रहेकी अन्दाजी आठ वर्षीया बालिका बेपत्ता भएकी छन् । बेपत्ता भएकी बालिकाको भने अझै परिचय खुलेको छैन ।महानगरीय प्रहरी वृत चापागाउँका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजेन्द्र क्षेत्रीले घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलतर्फ गएको जानकारी दिए ।
