भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

दुवै डोज खोप लगाएकाहरू पनि संक्रमित, भेन्टिलेटरमा उपचार हुदै

दुवै डोज खोप लगाएकाहरू पनि संक्रमित, भेन्टिलेटरमा उपचार हुदै

काठमाडौं । कोभिड–१९ विरुद्धको दुवै डोज खोप लगाएका व्यक्तिको स्वास्थ्यमासमेत जटिल समस्या देखिएको छ । उपत्यकाका सरकारी अस्पतालमा दुवै डोज खोप लगाएका व्यक्ति पनि संक्रमित भएर गम्भीर अवस्थामा उपचार गरिरहेको चिकित्सकले बताएका छन् ।

जनसंख्याको करिव १४ प्रतिशत व्यक्तिले कोरोना भाइरस विरुद्धको दुवै डोज खोप लगाइसकेपनि संक्रमण बढ्दै गएकाले सजग रहन विज्ञले आग्रह गरेका छन् ।

कोभिशिल्ड, भेरोसेल र जोनसन खोप ४० लाख ५२ हजार व्यक्तिले लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर, दुवै डोज खोप पुरा गरेका व्यक्ति पनि कोरोना संक्रमणका कारण स्वास्थ्यमा समस्या देखिएर अस्पताल भर्ना हुनुपरेको अवस्था छ ।

खोप लगाएकालाई संक्रमण देखिए पनि जटिल स्वास्थ्य समस्या नहुने जनाइएको थियो तर हाल कोरोना संक्रमण देखिएर अस्पताल भर्ना हुने बिरामी खोप लगाएका धेरै भएको चिकित्सकले बताएका छन् ।

उपत्यकाका सरकारी अस्पतालहरूमा बुझ्दा दुवै डोज खोप लगाएका व्यक्तिमा संक्रमण भएर आईसीयू र भेन्टिलेटरमा भर्ना भएको पाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.