ख्वप अस्पतालले समाजवादी सिद्धान्तअनुरुप जनताको निःस्वार्थ सेवा गर्नुपर्छ : अध्यक्ष बिजुक्छेँ

ख्वप अस्पतालले समाजवादी सिद्धान्तअनुरुप जनताको निःस्वार्थ सेवा गर्नुपर्छ : अध्यक्ष बिजुक्छेँ

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छैले ख्वप अस्पतालले समाजवादी सिद्धान्तअनुरुप जनताको निःस्वार्थ रुपमा सेवा गर्नुपर्ने बनाउनुभएको छ । ख्वप अस्पतालका स्टाफ नर्सहरुसँगको भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँ अस्पतालबाट गुणस्तरीय सेवा प्रवाह गर्नका लागि व्यवस्थापन पक्ष बलियो हुनुपर्ने बताउनुभएको हो ।bhaktapur

अध्यक्ष बिजुक्छेँले ख्वप अस्पताल स्थापनाको उद्देश्य तथा अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा कर्मचारीहरुको काम, कर्तव्यहरुबारे प्रशिक्षित पार्नुभएको थियो । जनताको साथ र सहयोगबाट निर्माण भएको ख्वप अस्पतालको सेवाबाट जनताको विश्वास कायम हुने गरी सेवा गर्नुपर्नेमा जोड दिदै अध्यक्ष विजुक्छेले ख्वप अस्पतालले समाजवादी सिद्धान्तअनुरुप काम गर्नुपर्ने बताए ।bhaktapur

जनताको सांस्कृतिक स्तर उठ्न समय लाग्ने बताउदै जनताको चेतनास्तर उकास्न र नागरिक भावना जागृत गर्न व्यवहारिक तथा राजनीतिक कक्षाहरु सञ्चालन गर्नुपर्ने विजुक्छेको भनाई थियो । ख्वप अस्पतालमा कार्यरत चिकित्सकहरुले व्यक्तिगत स्वार्थको लागि नभई समाजको हितको निम्ति काम गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष बिजुक्छेँले भने “हामीले गरेको असल कामले समाजलाई पनि राम्रो बनाउँछ ”।bhaktapur

अस्पतालमा कार्यरत नर्सहरुको भाषा र व्यवहारबाट सेवा प्रवाहमा सकारात्मक भूमिका खेल्ने बताउदै उनले सेवाको माध्यमबाट जनताको विश्वास जित्ने उद्देश्य नेमकिपाको भएको उल्लेख गरे । ख्वप अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अस्पतालबाट हुने सेवा प्रवाहमा जनताको गुनासो र विरोध हुने कुनै पनि काम नगर्न सचेत गराए ।bhaktapur

चिकित्सकहरुको असल व्यवहारका कारण जनताको अस्पतालप्रति अपनत्व कायम हुने उनको भनाई थियो । ख्वप अस्पतालले अरु अस्पतालभन्दा फरक ढंगले सेवा दिनेमा क्रियाशील रहने बताउनुहुँदै भक्तपुर नपाको काम र सेवाप्रति जनता खुशी भएका कारण अक्सिजन प्लान्ट निर्माणमा अपार साथ र सहयोग रहेको प्रजापतिले बताए ।

 


Thali Mobile Pvt.Ltd.