काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सांगठनिक विकासमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिने बताउनु भएको छ । सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थको आयोजनामा संचालित सि.सं.४ उच्चस्तरीय व्यवस्थापन तालिम शुक्रबार समापन समाराहलाई सम्बोधन गर्दै महानिरीक्षक खनालले उच्चस्तरीय तालिमले सांगठनिक नीति तथा योजना निर्माण गर्नसक्ने सक्षम कमाण्डर उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुकासाथै अधिकृतहरुको व्यवसायिक क्षमता अभिबृद्धि गरी सांगठनिक विकासमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिने बताएका हुन ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले तालिम सफलतापूर्वक सम्पन्न गर्नुे सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई प्रमाणपत्र समेत प्रदान गरेका थिए । तालिम सफलतापूर्वक सम्पन्न गर्ने कार्यमा महत्वपूर्ण सहयोग पु¥याएकोमा त्रिभुवन विश्वबिद्यालय तथा विभिन्न विषयका विज्ञ प्रशिक्षकहरुप्रति हार्दिक महानिरीक्षक खनालले आभार प्रकट समेत गरे ।
महानिरीक्षक खनालले राष्ट्र र संगठनले लिएको लक्ष्य तथा उद्देश्य प्राप्तिका लागि नेतृत्व तहमा रहेका वरिष्ठ अधिकृतहरुका लागि आवश्यक कुशल व्यवस्थापकीय क्षमता, योजना तर्जुमा तथा नेतृत्व क्षमता बिकासकासाथै मातहतका कर्मचारीहरुलाई कुशल ढंगले परिचालनका लागि संगठनले निरन्तर रुपमा महत्वकासाथ यस्ता विभिन्न व्यवसायिक तालिमहरु संचालन गर्दै आईरहेको बताए । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. रामशरण पौडेल लगायत त्रिभुवन विश्वबिद्यालयका सह–प्राध्यापक डा। नरेन्द्रराज पौडेल र सशस्त्र प्रहरी बल, नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

