भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गठबन्धनका कार्यकर्ताबीच झडप, प्रहरी ग–यो हवाई फायर

गठबन्धनका कार्यकर्ताबीच झडप, प्रहरी ग–यो हवाई फायर

जाजरकोट । कुशे गाउँपालिका–९ जुर्गेमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरू बीचमा झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ ।

माओवादी र समाजवादीका एक सयबढी कार्यकर्ता र कांग्रेसका ७० बढी कार्यक्रताबीच बुधबार दिउँसो झडप भएको थियो ।

चुनावी प्रचारप्रसारका क्रममा भएको झडकले उग्ररुप लिएपछि नियन्त्रण गर्न प्रहरी पुग्दा प्रहरीमाथि नै ढुंगा मुडा प्रहार भएको थियो । त्यसपछि प्रहरीले हवाई फायर गर्नु परेको प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

झडपमा कांग्रेस कुशे–९ का २६ वर्षीय सन्देश तिरुवा घाइते भएका छन् । स्थिति सामान्य बनाउन आज विहानै देखिलसुरक्षाकर्मी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताए ।

 


Thali Mobile Pvt.Ltd.