भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

गत २४ घण्टामा देशभर ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि

गत २४ घण्टामा देशभर ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । गत २४ घण्टामा देशभर ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार २९८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ४ हजार १०७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयजनाएको हो ।

मन्त्रालयका अनुसार ११ हजार ३५४ जनाको पिअिसार परीक्षण गर्दा २ हजार ९७५ र र ४ हजार ९४४ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार १३२ जनामा संक्रमण पुष्टि भएको हो। देशभर आज एक हजार ५३५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् भने २४ घण्टामा ४३ जना संक्रमितको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार देशभर ३३ हजार ४६४ जना सक्रिय संक्रमित रहेका छन्। यस म्ध्यमा ७१४ जना आइसियुमा र १५६ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको मन्त्रालयले जनाएको छ ।

अहिले देशभर ३७५ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.