भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

नेप्से परिसूचक १२.०२ अंकले बढेर ३१२३.१५ बिन्दुमा

काठमाडौं । बुधबार नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १२.०२ अंकले बढेर ३१२३.१५ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२५ कम्पनीको २ करोड ८८ लाख १३ हजार ८ सय ३१ कित्ता सेयर खरिद बिक्री हुँदा १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २ सय ७१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बुधबार सबैभन्दा बढी कारोबार अपि पावर कम्पनीको भएको छ । यस कम्पनीको ७९ करोड ५० लाख १९ हजार ३ सय ८८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै आज सबैभन्दा धेरै पनि अपि पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । न्याग्दी ग्रुप पावर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.