भर्खरै : Sorry, your browser does not support inline SVG.

सरकारमा जानेबारे निर्णय लिन माधव पक्षका केन्द्रीय सदस्य काठमाडौंमा, केही बेरमा बैठक बस्दै

सरकारमा जानेबारे निर्णय लिन माधव पक्षका केन्द्रीय सदस्य काठमाडौंमा, केही बेरमा  बैठक बस्दै

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आज केन्द्रीय समिति बैठक बोलाएको छ । पछिल्लो राजनीतिक अवस्था, आगामी दिनको रणनीति, सरकारमा सहभागितालगायतका विषयमा छलफल गर्न बैठक बोलाएको हो ।

पार्टी भित्रको जारी विवाद मिलाउन प्रयास भइरहेका बेला माधव पक्षले छुट्टै केन्द्रीय कमिटी बोलाएको हो। शेरबहादुर देउवा नेतृत्वको सरकारमा जानेबारे थप निर्णय लिन केन्द्रीय सदस्यहरुलाई काठमाडौंमा बोलाएको स्रोतले बतायो ।

नेपाल पक्षले बैठक बोलाएपछि ओली पक्षले केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन अपिल गरेको छ। पटक पटक एमालेको नामबाट अनाधिकृत गतिविधि गरेर त्यसमा सहभागी हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरीत भएकाले त्यो गतिविधिमा नलाग्न ओली पक्षले अपिल गरेको शेरबहादुर तामाङले बताए । माधव पक्षले बिहान ११ः०० बजे बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बैठक बोलाएको छ ।

 


Thali Mobile Pvt.Ltd.