भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सरकारमा जानेबारे निर्णय लिन माधव पक्षका केन्द्रीय सदस्य काठमाडौंमा, केही बेरमा बैठक बस्दै

सरकारमा जानेबारे निर्णय लिन माधव पक्षका केन्द्रीय सदस्य काठमाडौंमा, केही बेरमा  बैठक बस्दै

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आज केन्द्रीय समिति बैठक बोलाएको छ । पछिल्लो राजनीतिक अवस्था, आगामी दिनको रणनीति, सरकारमा सहभागितालगायतका विषयमा छलफल गर्न बैठक बोलाएको हो ।

पार्टी भित्रको जारी विवाद मिलाउन प्रयास भइरहेका बेला माधव पक्षले छुट्टै केन्द्रीय कमिटी बोलाएको हो। शेरबहादुर देउवा नेतृत्वको सरकारमा जानेबारे थप निर्णय लिन केन्द्रीय सदस्यहरुलाई काठमाडौंमा बोलाएको स्रोतले बतायो ।

नेपाल पक्षले बैठक बोलाएपछि ओली पक्षले केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन अपिल गरेको छ। पटक पटक एमालेको नामबाट अनाधिकृत गतिविधि गरेर त्यसमा सहभागी हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरीत भएकाले त्यो गतिविधिमा नलाग्न ओली पक्षले अपिल गरेको शेरबहादुर तामाङले बताए । माधव पक्षले बिहान ११ः०० बजे बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बैठक बोलाएको छ ।

 


Thali Mobile Pvt.Ltd.