गलत राजनीतिक सँस्कार त्यागे मात्र सहिदको सपना साकार हुने (फाेटाे फिचरसहित)

गलत राजनीतिक सँस्कार त्यागे मात्र सहिदको सपना साकार हुने (फाेटाे फिचरसहित)

तिलेपाटा दैलेख । सहिद दिवसको अवसर पारेर आठबीस नगरपालिका–८ तिलेपाटामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले देश र जनताको मुक्तिका खाँतिर जहाँनियाँ राणा शासनका विरूद्ध ज्यानको बाजि लगाएर लडेको स्पष्ट पार्दै उनीहरुको योगदानको कदर स्वरुप कार्यक्रम गरेको बताए ।

कार्यक्रममा विशिष्ट अतिथि डा. कृपाराम विश्वकर्माले गलत राजनीतिक सँस्कारका कारण वास्तविकतामा शहिदले देखाएको बाटोको नागरिकहरूले अनुभुती गर्न नसकेको बताए । समाजमा रहेका विकृति, विसंगति तथा हानिकारक प्रचलनलाई समाप्त नपार्दा सम्म सहिदले देखाएको सपना साकार नहुने स्पष्ट पारे ।

त्यसैगरि विद्यालयका सहायक प्रधानाध्यापक भक्तिप्रसाद उपाध्यायले सचेत नागरिकहरूमा जिम्मेवारी बोध नभए सम्म शहिदले देखाएको लक्ष्यमा पुग्न नसकिने बताए । समाजमा रहेका गलत गतिविधिका कारण नेपालमा संरचनात्मक विभेदको अन्त्य हुन नसकेको बताउदैशहिदहरूले देखाएको बाटोमा सबै अग्रसर भएर हिड्नु पर्ने बताए ।

त्यस्तै नेपालको ऐतिहासिक घटनाक्रमहरूको उल्लेख गर्दै सामन्तवादका विरूद्ध सचेत नागरिकले ज्यानको उत्सर्ग गरेको शिक्षक कृष्णकुमार विकले स्मरण गरे । शहिदले जहानिँया राणा शासनका चुनौतिको सामना गर्दै ज्यानको बाजी लगाए तर राणाहरुसंग नझुकेको बताए ।

मरेर बाँचेका अमरव्यक्ति नै शहिद भएको उनको भनाई थियो । कार्यक्रममा कालिका मा.वि. तिलेपाटाका पुस्तकालय सहायक सूर्यबहादुर सिजापतिले सहिदहरूले जनताको हितका लागि सामन्तवादका विरूद्ध ज्यानको बाजी लगाएको स्पष्ट पारे ।

कालिका बालकल्वको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरूले आ–आफ्नो कता तथा प्रतिभाहरु प्रस्तुत गरेका थिए । बालक्लवका अध्यक्ष दिपेन्द्रबहादुर शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक देबेन्द्र बहादुर रोकायले सञ्चालन गरेका थिए ।

विरेन्द्र माध्यामिक विद्यालय तर्कु

सहिद दिबसको अवसरमा विरेन्द्र माध्यामिक विद्यालय तर्कुमा पनि एक कार्यक्रम सम्पन्न भएको छ । पछिल्लाे समय नयाँ पुस्ताले विस्तारै पुर्खाकाे देन भुल्दै गएकाे प्रति दुःख व्यक्त गर्दै तर्कुमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले सहिदले देखाएको बाटोमा हिड्नु पर्ने बताएका छन् ।

sahid

महान सहिदहरू

नेपालका राजनैतिक दल र तीनिहरूका नेता तथा कार्यकर्ताहरू अयिस्थरताकाे बन्दि बनिरहेकाे भन्दै उनीहरूले शिक्षक, विद्यार्थी, वुद्धिजीवि तथा सर्वसाधारण नागरिक सहीदले देखाएकाे सपना साकार पार्न तर्फ लाग्नु पर्नेमा जाेड दिए । यसैगरी देश र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा आज दैलेखका विभिन्न ठाउँमा कार्यक्रम आयोजना गरी सहिद दिवस मनाइँएको हो । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहको अन्तिम दिन विशेष रुपमा सहिद दिवस मनाउने गरिन्छ। सहिद शुक्रराज शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकुस्थित पचलीमा मृत्युदण्ड दिइएको थियो । सहिद धर्मभक्त माथेमालाई सिफलमा विसं १९९७ कै माघ १३ गते र गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मारिएको थियो । राणाशासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट एवम् शिक्षित गरेको आरोपमा विसं १९९७ मा उनीहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो। माघ १६ गते सहिद दिवसका दिन विभिन्न कार्यक्रमको आयोजना गरी मुलुक र जनताका लागि भएका अधिकारका आन्दोलनमा आफूलाई समर्पित गर्ने सम्पूर्ण सहिदको सम्झना गरिदै आएको छ । मुलुकमा पछिल्लोपटक झैझगडा र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई समेत सहिद घोषणा गर्नुपर्ने र रु १० लाख आर्थिक सहयोगका लागि दबाब दिने प्रचलनले वास्तविक सहिदको भावनामा चोट पुगेको वक्ताहरूले गुनासो गरेका थिए ।

तस्बीरमा हेर्नुहाेस्…tilepata

 

विरेन्द्र माध्यामिक विद्यालय तर्कुमा सम्पन्न कार्यक्रमका दृश्यहरू

tarku

 

 


Thali Mobile Pvt.Ltd.