भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

गाउँपालिकालाई रु पाँच लाखको स्वास्थ्य सामग्री

गाउँपालिकालाई रु पाँच लाखको स्वास्थ्य सामग्री

डोटी । जिल्लामा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको सम विकास केन्द्र इडिसीले यहाँको जोरायल गाउँपालिकालाई आज रु पाँच लाख १६ हजार ५०० बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । पछिल्लो समय उक्त गाउँपालिकामा रहेका नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेका कारण स्वास्थ्य सामग्री उपलब्ध गराएको संस्थाका वित्तीय अधिकृत कृष्णसुन्दर श्रेष्ठ जानकारी दिए ।

उहाँका अनुसार बितरण गरिएका स्वास्थ्य सामग्रीमा मेडीसियन शय्या, इलेक्ट्रोनिक वाटर हिटर, पिपिइ सेट, पल्स अक्सोमिटर, ईलिक्ट्रिक वाटर हिटर, थर्मल गन, सर्जिकल मास्क, ग्लोब्स, सेनिटाईजर साबुन, ओडीलिन सर्जिकल मास्कलगायत स्वास्थ्य सामग्री रहेका छन् । कोभिड–१९ को दोस्रो लहरको महामारीले गाउँपालिकाका नागरिकलाई उपचारमा सहज होस् भन्ने उद्देश्यले प्रदान गरिएको स्वास्थ्य

सामग्रीले कोरोना सङ्क्रमितको उपचार तथा रोकथाममा निकै सहज हुँने जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए । संस्थाले प्रदान गरेका स्वास्थ्य सामग्री गाउँपालिकामार्फत रहेका संस्थागत आईसोलेशन सेन्टर तथा गाउँपालिकाअन्तर्गत स्वास्थ्य संस्था स्वास्थ्य एकाई र प्राथमिकताका आधारमा अन्य वडाका स्वास्थ्यले समुदायका गरीब, दलित, विपन्न, महिलालाई प्राथमिकताको आधारमा वितरण गरिने

अध्यक्ष ओझाले जानकारी दिनुभयो । विश्वव्यापी महामारीकोरूपमा रहेको कोरोना सङ्क्रमणको महामारीको समयमा प्राप्त भएका सामग्रीले गाउँपालिकामा रहेका सङ्क्रमितको उपचारमा ठूलो सहयोग पुग्ने गाउँपालिकाका स्वास्थ्य संयोजक गोविन्द विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका स्वास्थ्य सामग्री पाएका छौँ, सङ्क्रमितको उपचारका लागि हामीलाई निकै हसज हुनेछ ।”

 


Thali Mobile Pvt.Ltd.