भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

सिन्धुलीबाट काठमाडौं आउँदै गरेको गाडी दुर्घटना, पाँच जनाको निधन

सिन्धुलीबाट काठमाडौं आउँदै गरेको गाडी दुर्घटना, पाँच जनाको निधन

काभ्रे । सिन्धुलीबाट काठमाडौं आउँदै गरेको टाटासुमो काठमाडौंबाट भारततर्फ तीर्थयात्री लिएर जाँदै गरेको फोर्स गाडी एक–आपसमा जुद्धा पाँच जनाको निधन भएको छ ।

अत्यधिक गतिमा भएकाले अनियन्त्रित फोर्स गाडी ठोक्किएको प्रहरीले जनाको छ । फोर्स गाडीमा ठक्कर दिँदा सुमोमा सवार यात्रुहरुको निधन भएको छ भने पाँच यात्रुमध्ये चालक र आमाछोरासमेत रहेको प्रहरी प्रवक्ता डीएसपी हरि खतिवडाले बताए ।

उनले भने, ‘ठक्करका कारण सुमो क्षतविक्षत भएको छ । फोर्स गाडीमा पनि क्षति पुगेको छ । फोर्स गाडीका सञ्चालक प्रहरीको सम्पर्कमा आएका छैनन् ।’

ना १ ज ४२१० नम्बरको सुमोमा चढेका सिन्धुलीको कमलामाई नगरपालिका–६ रामपुरका ३० वर्षका विक्रम श्रेष्ठ, खाँडादेवी गाउँपालिका–३ रामेछापकी सम्झना भुसाल, उनका ६ वर्षीय छोरा संगीत भुसाल, सुनकोसी गाउँपालिका–१ सिन्धुलीका ४४ वर्षीया प्रमिला नेपाली,

सुमोका चालक कमलामाई नगरपालिका–४ सिन्धुलीका हरिबहादुर बल रहेका छन् । दुर्घटनामा घाइते भएका १९ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको र ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

भारतीय नम्बर प्लेटको यात्रुवाहक यूपी ५८ टी ८१८१ नम्बरको फोर्स गाडी सुमोसँग जुधेको थियो । बीपी राजमार्गको रोसी गाउँपालिका वडा नम्बर ११ मा उक्त दुर्घटना भएको हो ।

बीपी राजमार्गमा सुमो, हायस तथा हलुका सवारीसाधनको अत्यधिक गतिका कारण दुर्घटना बढेको प्रहरीले बताएको छ । सुमो चालकको निधन भएकाले दुर्घटनाको अन्य कारण पत्ता लाग्न नसकेको प्रहरीको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.