भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

बैंकदरलाई ८.५ प्रतिशतबाट घटाएर ७.५ प्रतिशत कायम

बैंकदरलाई ८.५ प्रतिशतबाट घटाएर ७.५ प्रतिशत कायम

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै बैंकदरलाई एक प्रतिशतले घटाएको छ । नीतिगत दरलाई ७ प्रतिशतमा यथावत् राख्दै बैंकदर घटाएको केन्द्रीय बैंकले जनाएको हो । राष्ट्र बैंकले बैंकदरलाई ८ दशमलव ५ प्रतिशतबाट घटाएर ७ दशमलव ५ प्रतिशत कायम गरेको छ ।

गएको वर्षदेखि समग्र माग व्यवस्थापनका माध्यमबाट विदेशी विनिमय सञ्चिति जोगाउन अवलम्बन गरिएका नीतिको प्रभावस्वरुप बाह्य क्षेत्रमा सुधार भएको राष्ट्र बैंकले जनाएको छ । विदेशी विनिमय सञ्चितिमा भएको सुधारले आयात धान्ने क्षमता बढेको जनाएको छ ।

आर्थिक वर्ष २०७९ र ८० मा कम्तीमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य रहेकोमा २०७९ चैत मसान्तमा ९ महिनाका लागि वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति रहेको नेपाल राष्ट्रबैंकले उल्लेख गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.