भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

घप्पुसहित दाङमा ११ जना पक्राउ

घप्पुसहित दाङमा ११ जना पक्राउ

१३ श्रावण २०७७ दाङ । राप्ती गाउँपालिका–४ स्थित राष्ट्रिय वनबाट चिरान सालका घप्पुसहित ११ जना पक्राउ परेका छन् । राप्ती गाउँपालिका–४ सिमलखुटीका २५ वर्षीय वीरबहादुर वली, सोही ठाउँका १८ वर्षीय शिशिर शाही, पिपरखुटीका १९ वर्षीय शेखर थापा र ३६ वर्षीय तिलक नेपाली पक्राउ परेका हुन ।

यता सुन्दरपुरका २७ वर्षीय विष्णु गिरी, नयाँगाउँका १८ वर्षीय राहुल भुषाल, पिपरखुटीका २१ वर्षीय मनोज श्रेष्ठ, राप्ती गाउँपालिका–८ सुकुम्वासी गाउँका २४ वर्षीय दुर्गे थापा, सोही ठाउँ कहलुवाका १९ वर्षीय हेम थापा, २५ वर्षीय प्रकाश कुमाल र २० वर्षीय सञ्जीव विक रहेका छन् ।

उनीहरुको साथबाट १५ थान सालको घप्पुसमेत बरामद गरिएको डिभिजन वन कार्यालय देउखुरीले जनाएको छ । इलाका प्रहरी कार्यालय भालुवाङबाट गएका दुई प्रहरीमाथि कुटपिटसमेत गरेका थिए । कुटपिटबाट प्रहरी हवल्दार मानबहादुर सुनार र प्रहरी जवान तिलक केसी घाइते भएका छन् । पक्राउ परेकाहरुलाई कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.