भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

घाँस काट्न हिडेका सात बालिका सम्पर्कविहीन

घाँस काट्न हिडेका सात बालिका सम्पर्कविहीन

बर्दिबास । महोत्तरीको भंगहा–८ धर्मपुरका पाँच बालिकासहित सात जना सम्पर्कविहीन बनेका छन् ।

मंगलबार घाँस काट्न गएका उनीहरू अबेर साँझसम्म घर नफर्किएपछि परिवार अप्ठ्यारोमा परेको भंगहाका मेयर सञ्जीवकुमार साहले बताए । ११ वर्षीया अर्चना पासमान, १२ वर्षीया सीमा र रञ्जना पासमान, १३ वर्षीया ज्योति र रिया पासमान, १७ वर्षीया नगिना पासमान र २० वर्षीया अस्मिता पासमान बेखवर छन् ।

मंगलबार दिउँसो २ गाउँभन्दा पूर्वको अजगेवाको चौरीमा घाँस काट्न गएका थिए । उनीहरूलाई कसैले बन्धक बनाएको हुन सक्ने आशंका गाउँलेले गरेका छन् । बालिकाहरूको खोजी गर्न प्रहरी परिचालन गरिएको महोत्तरीका एसपी दिनेश आचार्यले बताए । लोहारपट्टी प्रहरी चौकी र भंगहा प्रहरी चौकीका प्रहरी टोली परिचालित भएका छन्। भंगहा सशस्त्र बेस क्याप पनि खोजीमा खटिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.