भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चिनियाँ प्रयोगशालालक्षित ट्रम्पको हावादारी आरोप

चिनियाँ प्रयोगशालालक्षित ट्रम्पको हावादारी आरोप

१९ बैशाख २०७७ काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस चिनियाँ प्रयोगशालाबाटै फैलिएको हावा गफ दिएका छन् ।

अमेरिकी जासुसी एजेन्सीले कोरोना भाइरस जानीबुझी उत्पन्न नभएको बताइसकेको अवस्थामा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने यो भाइरस चीनको वुहान शहरमा रहेको प्रयोगशालाबाट फैलिएको हावादारी गफ दिइरहेका छन् ।

कोरोना भाइरस वुहान इन्स्टिच्युट अफ् भायरोलोजीबाटै फैलिएको हो भनेर आत्मविश्वासका साथ कसरी भन्न सक्नुहुन्छ रु के तपाईँसँग प्रमाण छ रु भनेर बिहीबार पत्रकारले ट्रम्पलाई प्रश्न गर्दा प्रश्नको उत्तर दिँदै ट्रम्पले चीनको प्रचारप्रसार गरिरहेकोमा विश्व स्वास्थ्य सङ्गठन प्रमाणको रुपमा रहेको बताएका छन् ।

डब्ल्यूएचओ चीनको पब्लिक रिलेशनको रुपमा काम गरिरहेको आरोप लगाउदै यो निकै कठिन प्रश्न र यसको उत्तर पाउन बाँकी रहेको ट्रम्पले बताए । यसैमा भारतीय कतिपय मिडियाले पनि काेराेना भाइरसकाे नियन्त्रण भन्दा पनि अफवाह फैलाइरहेकाे छ ।

कोरोना भाइरसका कारण विश्भर अहिलेसम्म ३३ लाख ८ हजार भन्दा धेरै सङ्क्रमित भएका छन् भने २ लाख ३४ हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।

कोरोनाको कारण अमेरिका सबैभन्दा धेरै सङ्क्रमित हुने र ज्यान गुमाउने दुवैको सङ्ख्या धेरै छ । अमेरिकामा १० लाख ९५ हजारभन्दा धेरैको सङ्क्रमण र ६३ हजार आठ सयभन्दा धेरैको ज्यान गएको छ ।

कोरोना भाइरसको विषय लिएर पछिल्लो समय अमेरिकावाकयुद्धको अफवाह फैलाईरहेको छ । ट्रम्पले बारमबार चीनमाथि आरोप लगाउँदै आएको छ भने चीन विश्वभरीका मानिसलाई कोरोनाबाट कसरी बचाउन सकिन्छ रु त्यसैमा ध्यान केन्द्रीत गरिरहेको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.