भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

बजेट श्रमिक वर्ग प्रति केन्द्रित गर्न उपराष्ट्रपतिको ध्यानाकर्षण

बजेट श्रमिक वर्ग प्रति केन्द्रित गर्न उपराष्ट्रपतिको ध्यानाकर्षण

१९ बैशाख २०७७ काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले आगामी बजेट निर्माण गर्दा श्रमिक वर्गलाई विशेष ध्यान दिन सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उपराष्ट्रपति पुनले कोभिड–१९ को महामारीबाट देशको अर्थतन्त्रमा पर्ने प्रभावका बारेमा ध्यान दिन र देशभित्र उत्पन्न हुने बेरोजगारी समस्या अन्त गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

लकडाउन लम्बिदै जाँदा काममा जान नपाउने र रोजगारी खोसिने अवस्थाले श्रमिक वर्गको आगामी दिन झनै कठिन बन्ने परिदृष्य देखा परिरहेका भन्दै उपराष्ट्रपति पुनले सबैखाले चुनौतीको सामना गर्न तयार रहनुको विकल्प नभएको बताएका छन् ।

‘कोरोनाका कारण अन्तर्राष्ट्रिय श्रम बजारमा रहेका लाखौं नेपालीले रोजगारी गुमाउन सक्ने, त्यसबाट देशभित्र उत्पन्न हुने बेरोजगारी र देशको अर्थतन्त्रमा पर्ने प्रभावका बारेमा ध्यान दिन र तयारी गर्न म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’ पुनले भने ।

महामारीबाट सबैभन्दा बढी श्रमिक वर्ग प्रभावित भएको स्वदेश तथा विदेशमा रहेका लाखौं नेपाली श्रमिकको अवस्था कठिन बनिरहेको उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.