भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

बजेट श्रमिक वर्ग प्रति केन्द्रित गर्न उपराष्ट्रपतिको ध्यानाकर्षण

बजेट श्रमिक वर्ग प्रति केन्द्रित गर्न उपराष्ट्रपतिको ध्यानाकर्षण

१९ बैशाख २०७७ काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले आगामी बजेट निर्माण गर्दा श्रमिक वर्गलाई विशेष ध्यान दिन सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उपराष्ट्रपति पुनले कोभिड–१९ को महामारीबाट देशको अर्थतन्त्रमा पर्ने प्रभावका बारेमा ध्यान दिन र देशभित्र उत्पन्न हुने बेरोजगारी समस्या अन्त गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

लकडाउन लम्बिदै जाँदा काममा जान नपाउने र रोजगारी खोसिने अवस्थाले श्रमिक वर्गको आगामी दिन झनै कठिन बन्ने परिदृष्य देखा परिरहेका भन्दै उपराष्ट्रपति पुनले सबैखाले चुनौतीको सामना गर्न तयार रहनुको विकल्प नभएको बताएका छन् ।

‘कोरोनाका कारण अन्तर्राष्ट्रिय श्रम बजारमा रहेका लाखौं नेपालीले रोजगारी गुमाउन सक्ने, त्यसबाट देशभित्र उत्पन्न हुने बेरोजगारी र देशको अर्थतन्त्रमा पर्ने प्रभावका बारेमा ध्यान दिन र तयारी गर्न म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’ पुनले भने ।

महामारीबाट सबैभन्दा बढी श्रमिक वर्ग प्रभावित भएको स्वदेश तथा विदेशमा रहेका लाखौं नेपाली श्रमिकको अवस्था कठिन बनिरहेको उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.