भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

चिनियाँ राजदूतसंग बढ्यो कांग्रेस सभापति देउवाको चाँसो

चिनियाँ राजदूतसंग बढ्यो कांग्रेस सभापति देउवाको चाँसो

काठमाडौं । संसद पुनःस्थापना भएसँगै नेपालमा भएको पछिल्लो राजनीतिक घटनाक्रमपछि राजदुतहरुको चाँसो बढेको छ । चीन र भारतीय राजदूतले सक्रियता बढाएका छन् । यहीबीचमा चीनकी राजदूत होउ यान्छीले कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेकी छन् भने

भारतीय राजदुत विनय मोहन क्वात्राले पनि देवासंग भेट गरेका छन् । दुवैले देउवा निवास बूढानीलकण्ठ पुगेर नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेको काँग्रेस स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि तात्तिएको राजनीति, संसद विघटनविरुद्ध अदालतमा परेका १३ वटा रिट र रिटउपर फागुन ११ गते संसद विघटन गर्ने सरकारको निर्णय बदर गरेको सर्वोच्च अदालतको फैसलाले माहोल गतिमा बढेको छ ।

नेकपा (प्रचण्ड–नेपाल पक्षका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव नेपाल पनि देउवा निवास पुगेर भेटवार्ता गरेका थिए । यतिबेला नेपाली काँग्रेस सरकार गठनमा निर्णायक भूमिकामा देखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.