भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

नेपालका राष्ट्रिय खेलाडी विदेश पलायन हुनुको बाध्यता राज्यले बुझ् जरुरी छः अक्कल बोहोरा (भिडियाेसहित)

नेपालका राष्ट्रिय खेलाडी विदेश पलायन हुनुको बाध्यता राज्यले बुझ् जरुरी छः अक्कल बोहोरा (भिडियाेसहित)

रक्तिम दैलेखी / काठमाडाैं । नेपाली राष्ट्रिय धावक अक्कलबहादुर बोहोरा स्पेनमा कर्मथलो बनाएर बसेका छन् । उनी उतै बसेपनि नेपालमा हाई हाई पाइरहेका छन् । कारण हो समाज सेवा । हो उनले नेपालका आपद्, विपदर र गरिबीका कारण समस्यामा परेका व्यक्ति, टोल र वस्तीलाई सहयोग गर्दा हाई हाई पाएका हुन ।

काठमाडौं म्याराथुन, पोखरा म्याराथुन, मनाङ म्याराथुनमा प्रथम स्थान हासिल गर्दा उनले कर्णाली चिनाए । दक्षिण एशियाली खेलकुद तथा विश्व च्याम्पियनशीपमा दौडेर नेपालको नाम चिनाए तर दोडिएर नाम मात्रै कमाउनु ठूलो कुरा हो, त्यस भित्र लुकेको पारिवारिक अवस्थाले गर्दा नामी खेलाडी बोहोरा विश्च च्याम्पियन बन्न फ्रान्स पुगेपछि परिवारको जीवन खोज्न बाध्य भए ।

उनी त्यही बस्ने निधो गरे र उतै बसेका अक्कल अहिले स्पेनमा बसोबास गरिरहेका छन् । बाकस भरी मेडल थन्क्याएर विदेश पलायन हुनुको व्यथा न त राज्यले खोजिरहेको छ, नत स्थानीय, प्रदेश र केन्द्र सरकारले नै खोजेको छ । अक्कल मात्रै होइन कैयौं नेपाली राष्ट्रिय खेलाडी विदेशमा जीवन खोजीरहेका छन् । तर किन विदेशीनु प¥यो ? त्यस भित्रको कहाली लाग्दो कथा कसैले जान्ने प्रयास गरेको छैन । खेल जीवनमा लामो अनुभव संहालेका उनै नेपाली राष्ट्रिय धावक जीवनयापनका लागि स्पेन रहदा कोभिड–१९ महामारीका बेला कैलाश खबर डट कमले महामारीको बेला त्यहाँ रहेका नेपालीको अवस्थाका बारेमा कुराकानी गरेको थियो । महामारी कै बेला स्वदेश फर्किएर गाउँमा समाज सेवा गरिरहेका अक्कलसंग कुराकानी गरेका छौं ।

विदेशबाट फर्किएपछि कमाइको आधा हिस्सा उनले समाज सेवामा समर्पित गरेका छन् । भन्छन्, ‘म विदेशमा बसेपनि आफ्नो जन्म भूमि मुगु र मातृभूमि नेपाल कहिल्यै विर्सिएन, गाँउका स्कूलमा कम्युटर वितरण गरेँ, खानेपानीको ब्यबस्था मिलाएँ, बाटो निर्माणका साथै दिवंगत आमाको सम्झनामा शवदाहस्थल (मसान घाट) समेत व्यवस्थित बनाएँ, मृगौला पिडितलाई आर्थिक सहयोग गरेँ, विदेशी भुमिमा परिश्रम गरि कमाएको केही पैसा दिन दुःखिहरुको सेवामा लगाउँदा खुशी छु ।’

सामाजिक काममा सक्रिय अक्कल नेपाल समाज एशोसियसन स्पेनका अध्यक्ष समेत रहेका अक्कल बोहोरा छायानाथ रारा नगरपालिका वडा नम्बर १३ थार्पगाउँ मुगुका स्थानीय हुन । समस्या झेलीरहेको रुगाँ गाँउमाको दलित बस्तिमा हिलाम्मे र धुलाम्मे बाटोलाई आरसिसी ढलान गरिदिए । १२० घरधुरी रहेको रुगा गाउँमा बाटो आरसिसी गरेपति अहिले त्यो वस्ती सुन्दरतामा परिणत भएको छ ।

खानेपानीको समस्या झेलीरहेको थार्प गाउँमा जनप्रतिनिधिले समेत गर्न नसकेको काम व्यक्तिगत लगानीमा एक घर एक घाराको समेत व्यवस्था गरिदिएका छन् । सशस्त्र प्रहरीका पूर्व राष्ट्रिय धावकसमेत रहेका समाजसेवी बोहोरा स्पेनमा ‘रारा रेष्टुरेण्ट’ नामक होटल व्यावसाय गर्दै विदेशीहरुलाई नेपाली खानाको स्वाद चखाइरहेका छन् ।

त्यही व्यावसायबाट आएको रकमको सानो हिस्सा बोहोराले विभिन्न सामाजिक क्षेत्रमा लगानी गरिरहेको कैलाश खबरलाई बताए । जनप्रतिनिधले गर्न नसकेका उदाहरणीय काम गरेका उनले अर्काको मुख ताक्ने बानी छोडेर आफै केहि गर्ने आँट राख्नु पर्छ भने । भूकम्प पीडित, बाढी पीडितहरुलाई पनि सहयोग गरेका धावक बोहोराले स्वैच्छिक रूपमा सहयोग गरेको बताए ।

यतिमात्रै होइन कुटानी पिसानीमा कैयौं किलोमिटर हिडेर छिमेकी गाउँकाे घट्टमा पुग्नु पर्ने रुगा गाउँवासीको सहजताका लागि मिलको व्यावस्थापन गरिदिने बताएका छन् । अन्न पिस्न घण्टौ हिँडेर छिमेकी गाउँको परम्परागत घट्टमा जानुको बाध्यता हट्ने भएपछि रुगावासी खुसी भएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्….

 


Thali Mobile Pvt.Ltd.