भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

चिया र अलैँची लक्षित कर सुधार तथा राजस्वसम्बन्धी छलफल

चिया र अलैँची लक्षित कर सुधार तथा राजस्वसम्बन्धी छलफल

झापा, । निर्यातजन्य कृषिवस्तु चिया र अलैँचीमा विद्यमान समस्या, कर सुधार एवं राजस्व नीतिका सम्बन्धमा आज सरोकारवालहरुसँग छलफल गरिएको छ । अर्थ मन्त्रालयअन्तर्गतको नेपाल राजस्व परामर्श समितिले विर्तामोडमा आयोजना गरेको कार्यक्रममा चिया र अलैँची कृषिजन्य उत्पादन भएकाले यी वस्तुमा लिइने कर र राजस्वमा विशेष छुट हुनुपर्ने नेपाल अलैँची व्यवसायी महासङ्घका उपाध्यक्ष इन्द्रचन्द विन्दलले बताए ।

नेपाल पहाडी चिया उत्पादक सङ्घका अध्यक्ष उदय चापागाईं, सूर्योदय चिया उत्पादक सङ्घका अध्यक्ष उक्तम श्रेष्ठले चिया तथा अलैँची क्षेत्रका समग्र समस्या र समाधानका उपायका बारेमा जानकारी दिएका थिए । उनीहरूले नेपाल राजस्व परामर्श समितिका अध्यक्ष महेश दाहालमार्फत सरकारलाई छुट्टाछट्टै ज्ञापनपत्र बुझाएका छन् । कार्यक्रममा झापा उद्योग सङ्घका अध्यक्ष यमबहादुर श्रेष्ठले नेपालबाट निर्यात हुने कृषि वस्तुमा बेला–बेला भारतले विभिन्न बहाना झिकेर समस्या सिर्जना गर्ने गरेको बताउँदै तेस्रो मुलुक निर्यातका लागि पनि विकल्प खोज्नुपर्ने बताए ।

अग्रज चिया उद्योगी चण्डीप्रसाद पराजुलीले मुलुकमा सङ्घीयता आएसँगै दोहोरो–तेहेरो करले उद्यमी–व्यवसायी मारमा परेको भन्दै कृषिवस्तुमा राज्यले अपेक्षाकृत सुविधा दिए निर्यात बढ्ने र त्यसले व्यापार घाटा कम गर्न सहयोग पुग्ने धारणा व्यक्त गरे । समितिका अध्यक्ष दाहालले उद्यमी–व्यवसायीले राखेका सुझावलाई सकारात्मक रुपमा लिँदै चिया, अलैंँचीलगायत कृषिवस्तुमा कर एवं राजस्व र निर्यातमा देखिएका समस्या समाधानका लागि समितिले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

 


Thali Mobile Pvt.Ltd.