काठमाडौं । चीनसँग जोडिएको किमाथांका नाका शनिबारदेखि पुनः सञ्चालनमा आएको छ। चार वर्षपछि नाका पुनः सञ्चालनमा आएको उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बताए । कूटनीतिक संवादपछि कोभिडका कारण बन्द भएको नाका खुलाउन सफल भएको उनको. तर्क छ ।
चीनको छिन्ताङमा भएको कार्यक्रममा १४ वटै परम्परागत नाका खुल्ला गर्ने औपचारिक घोषणा भएको जानकारी दिदै उनले तत्कालै सातवटा नाका खुला भइसकेको बताए । अन्य सातवटा नाका खोल्नका लागि मितिसमेत तय भइसकेको जानकारी दिए ।
चीन जाने नेपालीका लागि भिसा शुल्क निःशुल्क गर्ने सहमति पनि कार्यान्वयनमा आएको बताए । नेपालको उत्तरी क्षेत्रमा रहेका विभिन्न १४ वटा नाका पुनः सञ्चालनका लागि नेपाल र चीनबीच निरन्तर छलफल भएको परराष्ट्रले जनाएको छ ।
