भर्खरै : Sorry, your browser does not support inline SVG.

भक्तपुरमा प्रथम वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

भक्तपुरमा प्रथम वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

भक्तपुर । कोरियाबाट फर्केका नेपालीहरुलाई स्वरोजगार बनाउनका लागि प्रथम वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय र कोरिया अन्तराष्ट्रिय सहयोग संस्था (कोइका)को समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।

इपिएस श्रमिक र उनीहरुको परिवारबिचको सम्बन्ध विस्तार र नेपालको रेमिट्यान्स रकम बचत गर्ने उद्देश्यले सन्चालित कार्यक्रममा परियोजना प्रमुख सङयस , इपिएस कोरिया सेक्सनकी निर्देशक मैया कँडेल, अंकुर नेपालका अध्यक्ष प्रकाश सुवेदी, प्रशासकीय अधिकृत दीपक न्यौपाने सहभागी थिए ।

कोरियाबाट फर्केका नेपालीलाई स्वरोजगार बनाउने वातावरण बनाउन मोटरसाइकल सीप सिकाउने,कोरियाबाट कमाएको रकम सदुपयोग गर्न मौरीपालन र रेशमखेतीमा उत्प्रेरित गर्ने जस्ता कार्य गरिरहेको छौ । इपिएस श्रमिक र उनीहरुको परिवारबिचको सम्बन्ध सहज बनाउन पनि हामी कसरत गरिरहेका छौ , इपिएस कोरिया सेक्सनकी निर्देशक मैया कँडेलले बताइन् । २०२७ सम्ममा ८०० जनालाई समेट्ने उद्देश्य रहेको पनि उनले जानकारी दिइन् ।

साथै इपिएस प्रणालीमार्फत प्रवासी नेपालीहरुका लागि वित्तिय साक्षरता कार्यक्रम सन्चालन गरिएको प्रशासकीय अधिकृत दीपक न्यौपानले जानकारी दिए । स्वास्थ्य, व्यवसायिक तालिम, सूचना तथा प्रविधिमार्फत नेपालीको जीवनस्तर सुधार तथा आर्थिक समृद्धिका लागि काम गरिरहेको न्यौपानले बताए ।

नेपालको सामाजिक, आर्थिक विकासमा योगदान पुर्याएर रोजगारी दिन १९९५ मा नेपालमा कार्यालय स्थापना गरिएको हो । हाल वैदेशिक रोजगारीमा जानेहरुको आत्महत्या, पारिवारिक बिछोड जस्ता विभिन्न सामाजिक समस्या देखा परिरहेका छन् । तसर्थ कोइकाले यस्ता समस्याहरु समाधानका लागि कोरियाबाट फर्किएका प्रवासी नेपाली श्रमिकहरुको स्थिर पुनःएकीकरणको लागि चरणबद्ध समर्थन प्रणाली सुदृढिकरण परियोजनालाई प्रवद्र्धन गरिरहेको छ । यस परियोजनाले नेपाल सरकार, कोइका र कोरियाको मानव संसाधन विकास सेवा ( एच.आर.डी) बिचको सहकार्यमा वैदेशिक रोजगारमा जाने प्रवासी श्रमिकलाई आवश्यक शिक्षा र जानकारी प्रदान गर्दछ ।

 


Thali Mobile Pvt.Ltd.