भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

चीनमा आँधीले वितण्डा मच्चायो

चीनमा आँधीले वितण्डा मच्चायो

एजेन्सी । समुद्री आँधीले चीनको क्वाङतोङ प्रान्तमा वितण्डा मच्चाएको छ । प्रतिघण्टा १ सय ४० किलोमिटरको गतिमा आएको समुद्री आँधीका कारण लाखौं मानिस विस्थापित भएका छन् । दक्षिणी तटीय प्रान्तमा तलिम नाम गरेको आँधीले वितण्डा मच्चाएको हो ।

आँधीको प्रभाव भियतनाममा पनि परेको छ । भियतनामले पनि ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारेको जनाएको छ । आँधीको प्रभाव मंगलबार साँझ वा भोलिसम्मै रहनसक्ने चिनियाँ मौसम पूर्वानुमान विभागले जनाएको छ । तटीय क्षेत्रबाट झण्डै साढे दुई लाख मानिसलाई अन्यत्र सारिएको छ ।

हजारौं माछा फार्महरु तहस नहस भएका छन् । हाइनान प्रान्तमा सुमद्रको लहर २० फिटसम्म माथि उठेको जनाइएको छ । समुद्री आँधीसँगै भारी वर्षा पनि भएको छ । जसकार कारण हवाई उडानका साथै यातायात अवरुद्ध भएको छ ।

 


Thali Mobile Pvt.Ltd.