भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

चुहावट नियन्त्रणले विद्युत् प्राधिकरणको नाफा १२ अर्ब १२ करोड

चुहावट नियन्त्रणले विद्युत् प्राधिकरणको नाफा १२ अर्ब १२ करोड

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले छ महिनाको अवधिमा १२ अर्ब बढी नाफा गरेको छ । अघिल्लो वर्ष तुलनामा दोब्बर नाफा हो । पुस मसान्तसम्ममा १२ अर्ब १२ करोड रुपियाँ नाफा आर्जन भएको प्राधिकरणले जनाएको छ ।

विद्युत् चुहावट नियन्त्रणमा सफलता मिलेको र ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्न भएकाले नाफा आर्जनमा प्राधिकरणलाई सफलता मिलेको बताइएको छ ।

विद्युत् चुहावट नियन्त्रण, भारतर्फ निर्यातको परिमाण वृद्धि र आयातमा कमी, विद्युत् बिक्रीमा वृद्धि, खर्च कटौतीलगायतका कारण नाफा आर्जन गर्न सफल भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

चालू आर्थिक वर्षको पछिल्लो छ महिनामा भने थप तीन अर्ब रुपियाँ नाफा हुने प्राधिकरणको प्रक्षेपण छ । पछिल्लो छ महिनामा सुक्खायामका कारण उत्पादन कम हुने र भारतबाट विद्युत् आयात बढ्नेछ।

अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो छ महिनामा विद्युत् निर्यात बढेको छ । चालू आर्थिक वर्षको छ महिनामा दुई अर्ब ५८ करोड रुपियाँको मात्र विद्युत् आयात भएको छ ।

चालू आर्थिक वर्षको पुससम्ममा विद्युत् चुहावट १४.४५ प्रतिशतमा झरेको प्राधिकरणले जनाएको । प्राधिकरणको विदेशी दातृ निकायको दीर्घकालीन ऋण एक खर्ब १४ अर्ब रुपियाँ पुगेको छ ।

नेपाल सरकारसँगको दीर्घकालीन ऋण ८१ अर्ब ८१ करोड रहेको छ भने कर्मचारीतर्फको दीर्घकालीन दायित्व ३६ अर्ब ८४ करोड रुपियाँ छ ।

 


Thali Mobile Pvt.Ltd.