भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ताको पहिचानका लागि आफन्तको डीएनए परीक्षण जारी | जलवायु सङ्कटको असर : प्रशान्तका टापु राष्ट्रमा खाद्य र खानेपानी अभावको जोखिम बढ्दै | व्यावसायिक ग्यास उद्योगमै पुगेर ल्याउनुपर्ने निर्णयको होटल व्यवसायीले गरे विरोध | चिनियाँ सरकारका लागि गैरकानुनी रूपमा काम गरेको आरोपमा अमेरिकी पत्रकारलाई २ वर्ष जेल | कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र, रुख कटान सकिएलगत्तै सडक खुलाउने तयारी | रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन | हिमाली क्षेत्रमा बढ्दो हिम–चट्टान पहिरोको जोखिम, परम्परागत पूर्वसूचना प्रणाली अपर्याप्त हुने विज्ञको चेतावनी | भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’ |

नेपाल आज क्यानडासँग भिड्दै

नेपाल आज क्यानडासँग भिड्दै

काठमाण्डौं । आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट ए को तेस्रो खेलमा नेपाल आज क्यानडासँग भिड्दै छ । दिउँसो पौने ४ बजे अल अमिरात क्रिकेट मैदानमा हुने छनोट खेलमा समूह ‘बी’ मा रहेको नेपाल आज क्यानडालाई हराउँदै लगातार तेस्रो जित निकाल्ने दाउमा छ ।

यसअघि ओमानलाई ३९ रन र फिलिपिन्सलाई १ सय ३६ रनले हराएको नेपालले दुई खेलमा चार अङ्क जोडेको छ । नेपाल शीर्षस्थानमा रहेको छ भने दुई खेलमा दुई अङ्क जोडेको क्यानडा दोस्रो स्थानमा रहेको छ ।

नेपालले क्यानडालाई पराजित गरे नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ । फाइनल पुग्ने टोलीले अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–२० विश्व कपको लागि खेल्ने छ ।

 


Thali Mobile Pvt.Ltd.