भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

चोयाको सामग्री बनाउनेलाई सहयोग

चोयाको सामग्री बनाउनेलाई सहयोग

फूङलिङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले स्थानीय सीपको सम्मान गर्दै चार जनालाई आर्थिक सहयोग गरेको छ । चोयाबाट विभिन्न सामग्री निर्माण गर्ने सीप भएका सिरिजङ्घा–४ तेल्लोकका चारजनालाई सीपको सम्मान गर्दै आर्थिक सहयोग गरिएको हो । गाउँपालिकाले ‘गाउँमै रोजगार, गर्वको आधार’ कार्यक्रममार्फत स्थानीयवासीलाई सीपको सम्मानका साथै प्रोत्साहित गर्न अनुदान सहयोग गरेको जनाएको छ ।

वृद्ध अवस्थाका चारजनालाई जनही रु ४० हजारका दरले अनुदान सहयोग उपलब्ध गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए । उहाँका अनुसार सहयोग पाउनेमा तेल्लोकका ८१ वर्षीय श्रीमान गुरुङ, ७१ वर्षीय मनप्रसाद गुरुङ, ६६ वर्षीय खड्गबहादुर गुरुङ र ६० वर्षीय पेम्बा शेर्पा हुनुहुन्छ । उहाँहरुले बाँस तथा मालिङ्गोको चोयाबाट डोको, ढाकी, घुम, खरेटो, बिनायोजस्ता सामग्री निर्माण गरेबापत गाउँपालिकाले आर्थिक सहयोग उपलब्ध गरेको जनाएको छ ।

स्थानीय सीप र सामग्रीको प्रयोग बढाउन तथा स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने योजनाअनुसार ‘गाउँमै रोजगार, गर्वको आधार’ नामक कार्यक्रममार्फत सहयोग गरेको गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले बताउनुभयो । सहयोग पाउने गुरुङत्रय र शेर्पाले निर्माण गर्नुभएको चोयाको सामग्रीको नमूना गाउँपालिका कार्यालयमा बुझाउनुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.