१४ चैत, काठमाडौं । चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेकामा संक्रमणको पुष्टि भएको हो । चौथो व्यक्तिमा पनि संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाले संक्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न अनुरोध गरे । उनी दुबईबाट आएर चैत ११ गते अस्पताल भर्ना भएका थिए । ३४ वर्षका पुरूष हुन् । हाल उनको अवस्था सामान्य छ । यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।