भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

छाडा चौपायाबाट किसान हैरान, बाली जोगाउनै मुस्किल

छाडा चौपायाबाट किसान हैरान, बाली जोगाउनै मुस्किल

दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का सरस्वती भट्टको पाँच कट्ठा खेतमा लगाएको गहुँ बाली छाडाचौपायाले सखाप पारिदियो । खेतमा मात्रै होइन छाडा चौपाया उहाँको बारीमै पसेर तरकारी खेतीसमेत नोक्सान गरिदियो ।“खेतमा तारबार गरेकी छु, तर बार तोडेर गहुँ सखाप पारिदियो”, उहाँले भन्नुभयो, “छाडाचौपायाका कारण बाली जोगाउनै मुस्किल भयो ।” भट्टले छाडा चौपाया घरभित्रै पसेर नोक्सानी गर्न थालेको बताउनुभयो । पछिल्लो समय छाडा पशुचौपायाको विकराल समस्या बनेको छ । स्थानीय सरकारले लाखौँ रकम छाडा चौपाया व्यवस्थापनमा खर्च गरे पनि दिगो व्यवस्थापन नहुँदा एकातर्फ किसानको खेतमा नोक्सानी पुग्ने गरेको छ भने अर्कोतर्फ सडक दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।

शुक्रबार छाडा चौपायाबाट हैरानी खेपेका स्थानीयले सडकका चौपाया एकत्रीत गरेर भीमदत्त नगरपालिका परिसरमा पु¥याएका थिए । व्यवस्थापन चुनावी ऐजेन्डा बनाएका जनप्रतिनिधिले निर्वाचित भएको छ महिना बितिसक्दासमेत समस्या समाधान नगरेको भन्दै आक्रोसित भएका स्थानीयले नगरपालिकामा छाडा चौपाया ल्याएर छोडेका थिए ।
नगरपालिकाको प्रवेशद्वारभित्र छाडा चौपाया हुल्न खोजेपछि रोक्न खोज्दा आक्रोशित स्थानीय र प्रहरीबीच केहीबेर धकेलाधकेलसमेत भयो । स्थानीय कृष्णदत्त जोशीले नगरपालिकाले छाडा चौपाया व्यवस्थापन गर्न नसक्दा किसानको अन्नबाली नष्ट भएको बताउनुभयो ।

“अहिलेसम्म नगरपालिकाले छाडा चौपायाको व्यवस्थापन गर्न सकेको छैन, बाली खाएर सखाप पारेको छ”, उहाँले भन्नुभयो, “नगरपालिकाले व्यवस्थापन नगर्दा किसान मारमा परेका छन् ।” निर्वाचनका बेला छाडा चौपाया व्यवस्थापन गर्छु भनेर मत मागेका जनप्रतिनिधिले वाचा पूरा नगरेको उहाँको आरोप छ ।भीमदत्त नगरपालिकाका नगर प्रवक्ता महेन्द्र खड्काले छाडा चौपाया व्यवस्थापनका लागि काम अगाडि बढाएको बताउनुभयो । “छाडा चौपाया व्यवस्थापनका लागि समिति बनाएर काम गर्दैछौँ, कुन ठाउँमा राख्न सकिन्छ भनेर जग्गा खोज्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “जग्गा प्राप्तीपछि छिट्टै व्यवस्थापनमा लाग्छौँ ।”छाडा चौपायाले जिल्लाभर किसानले लगाएको अन्नबाली नोक्सानी गर्ने गरेका छन् । यसअघि बेदकोट नगरपालिकामा पनि छाडा चौपाया व्यवस्थापन नगरेको भन्दै स्थानीयले आन्दोलन गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.