भर्खरै : Sorry, your browser does not support inline SVG.

जग्गाधनी प्रमाण पत्र वितरण

जग्गाधनी प्रमाण पत्र वितरण

जनकपुर ।  जनकपुरधाम उपमहानगरपालिका–२१ का ५७२ जनालाई आज जग्गाधनी प्रमाण पत्र वितरण गरिएको छ । नगर प्रमुख लालकिशोर साहले उपमहानगरपालिकाको कुर्थामा आज आयोजित समारोहमा उहाँहरूलाई जग्गाधनी प्रमाण पत्र वितरण गर्नुभएको हो । वितरण गरिएका जग्गाको नापी कार्य १० वर्षअघि नै भएकोमा स्थानीय विवादका कारण वितरण कार्य अन्योलमा परेको थियो ।

सो अवसरमा नगरप्रमुख साहले आपसी विवादका कारण जग्गाधनी प्रमाण पत्र नपाउने अवस्था उत्पन्न नगर्न आग्रह गर्नुभयो । ग्रामीण भेगमा इन्च–इन्चको विवाद हुने गरेका कारण जग्गाधनी प्रमाण पत्र वितरण कार्य प्रभावित भएको चर्चा गर्दै उहाँले सामान्य विवाद त्यागी उदार बन्नु आवश्यक रहेको धारणा राख्नुभयो । नापी कार्यालय धनुषाका प्रमुख सुमन मिश्रले आपसी विवादका कारण उत्पन्न हुने असहज अवस्थालाई सहज बनाउन आग्रह गर्नुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.