काठमाडौं । राजनैतिक दलका नेता एक अर्काको आरोप प्रत्यारोपमा लाग्दा देश मुठभेडमा जाने खतरा बढेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बताएका छन् ।
पत्रकारसँग कुराकानी गर्दै आज थापाले पक्ष र विपक्षमा शक्तिको प्रदर्शन गर्ने प्रक्रियाले देशलाई अस्थिरता, अराजकता र मुठभेडतर्फ लैजाने खतरा बढेको बताए ।
प्रजातन्त्र कमजोर बन्दा विदेशी शक्तिको चलखेल बड्ने भन्दै उनले अस्थिरता र अराजकता बढ्दै गएको अवस्थामा परिस्थिती राजनैतिक दल र नेताभन्दा बाहिर जान सक्ने बताए । संविधानमा केही अस्पष्टता रहेको भन्दै उनले यसलाई सर्वोच्चले व्याख्या गर्नुपर्ने बताए ।
