NArmi
काठमाडौं । नेपाली सेना जङ्गी अड्डामा ‘एकीकरण मार्ग कार्यक्रमसबन्धी बृहत् सेमिनार’ गर्ने भएको छ ।
नेपालको ऐतिहासिक गढी र किल्लाको सम्पूर्ण जानकारी, एकीकरण मार्ग कार्यक्रमसम्बन्धी वृत्तचित्र प्रदर्शनलगायत समसामयिक विषयमा गहन छलफल गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
रक्षामन्त्रीले सेमिनार समापन समारोहलाई सम्बोधन गर्ने र प्रधानसेनापति पूर्णचन्द्र थापाले माघ २२ गते उद्घाटन गर्ने कार्यक्रम तय गरिएको उनको भनाइ छ ।
सेमिनारमा पुरातत्व, इतिहास र भूगोलविद्, सरकारका उच्चपदस्थ अधिकारी, पर्यटन व्यवसायी, प्रदेश सरकार तथा स्थानीय तहका प्रतिनिधि, गैरसरकारी संस्थाका प्रतिनिधि, उच्च सैनिक अधिकृत, विद्यार्थी र पत्रकारको सहभागिता हुनेछ। ऐतिहासिक सम्पदाका गढी तथा किल्लाको संरक्षण र सम्वद्र्धन गर्दै राष्ट्रिय एकताको भावना जगाउन योगदान पुगोस् भन्नेउदेश्यले कार्यक्रम गर्न लागेको सेनाले जनाएको छ ।

