भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

अब प्रचण्ड-माधवपक्षलाई जनताले सजाय दिन्छन्ः प्रधानमन्त्री

अब प्रचण्ड-माधवपक्षलाई जनताले सजाय दिन्छन्ः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रचण्ड–नेपाल’ पक्ष निर्वाचनबाट तर्सिएकाले चुनावबाट भाग्न खोजेको आरोप लगाएका छन् ।

नेकपा काठमाडौं महानगर कमिटीद्वारा शुक्रबार काठमाडौंमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले हार निश्चित हुने भएकाले ‘प्रचण्ड–नेपाल’ पक्ष निर्वाचनबाट भाग्न लागेको बताएका हुन । अब आउने चुनावमा प्रचण्ड–माधव पक्षको हालत ‘खराब’ मात्र नभएर जनताले सजाय समेत दिने जिकिर गरे ।

देशलाई ‘सांसद किनबेचको थलो’ बनाउन खोज्नेलाई जनताले अबश्यै सजाय दिएर छाड्ने दाबी गरे । संकटकाललाई देखाउँदै निर्वाचन सार्ने नियोजित हल्ला चलाइएको भन्दै उनले तोकिएको समयमा नै निर्वाचन गराएरै छाड्ने ठोकुवा गरे । सरकार र पार्टी सञ्चालनमा प्रचण्डले अवरोध गरेकोले अहिले आफै अलग्गिएर जाँदा पार्टी शुद्ध र अग्रगतिमा गएको जिकिर गरे ।

माघ २३ गते देश नै आफ्नो पक्षमा शक्ति प्रदर्शन गर्न लागेको दावी गर्दै ओलीले प्रदर्शनमा सहभागी हुन सबैलाई ह्वान समेत गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.