भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जजिराको विमान चरा सँग ठोक्कियो, इन्जिनभित्रै छिरेको शंकापछि लुम्बिनीमै ‘होल्ड’

जजिराको विमान चरा सँग ठोक्कियो, इन्जिनभित्रै छिरेको शंकापछि  लुम्बिनीमै ‘होल्ड’

रुपन्देही ।जजिरा एयरलायन्सको विमान चरासँग ठोक्किएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको छ ।१२१ यात्रु लिएर सोमबार बिहान २ बजे भैरहवामा अवतरण गर्ने क्रममा जजीरा एयरलाईन्स चरासंग ठोक्किएको थियो ।

साढे २ बजे ३८ जना यात्रु लिएर फर्कने समय भएपनि सावधानी अपनाउँदै राति नै फिर्ता जानुपर्ने जजीराले अहिलेसम्म उडान भरेको छैन । जहाज विमानस्थलमै छ ।

बिहान आएको विमान चरासँग ठोक्किएपछि फिर्ता जान नसकेको विमानस्थलका प्रवक्ता श्याम किशोर साहले जानकारी दिए । उनले भने, ‘हवाईजहाजको बाहिरी भागमा रगत देखिन्छ, अवतरणको क्रममा चरासंग ठोक्किएको पाइलटले आशंका गरेका छन् ।

रनवेमा चरा देखिएन त्यसैले चरा कतै ईन्जिनमा त गएन ? भनेर जहाज होल्ड भएको छ, इन्जिनियरले चेक गरेपछि मात्रै उडान गर्ने जानकारी आएको छ ।’

जहाज चरासंग ठोकिए पनि सबै यात्रु सकुशल छन् । जेठ २ गतेदेखि जजीरा एयरलाइन्सले सोमबार, बुधबार र शुक्रबार उडान गरिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.