भर्खरै : Sorry, your browser does not support inline SVG.

जब ८ हजार थान वढी मास्क सहित दुई व्यापारी परे प्रहरी फन्दामा

जब ८ हजार थान वढी मास्क सहित दुई व्यापारी परे प्रहरी फन्दामा

काठमाडौं । काठमाडौंको सतुंगलबाट ८ लाख ४९ हजार ६ सय थान मास्कसहित दुई व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीको टोलीले आरजेडी सप्लायर्सका सञ्चालक सुरज गोयल र उनका साझेदार सुवास महेश्वरीलाई पक्राउ गरेको हो ।

गोयलले आफ्नो गोदाममा लुकाएर राखेको १७७ बोरा मास्क प्रहरीले बरामद गरेको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिएका छन् ।

बरामद मास्क ४ हजार ३७५ केजी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गोयल र महेश्वरीविरुद्ध कालोबजारी विरुद्धको ऐन २०३२ अनुसार अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले बताए ।

 


Thali Mobile Pvt.Ltd.