भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

नीति र नेतृत्वमा बहस हुनु स्वभाविक हो : शाही

नीति र नेतृत्वमा बहस हुनु स्वभाविक हो : शाही

आरामै हुनु हुन्छ ?
आरामै छु।

अर्जुन शाही वाहेकको परिचय भन्नु पर्दा ?
नेपाली कांग्रेस आठबीस नगर सभापति 

आठबीसमा पार्टी पंतिलाई कसरी लैजानु भएको छ ?
समन्वय, सहकार्य र एकतासंगै अगाडि बढाई राखेका छौं ।

आफ्नै जनप्रतिनिधिबाट नै काग्रेसलाई डुवाए भन्ने पनि गुनासो छ नि ?
आठबीसमा योस्तो छैन ।

नगरमा राजनैतिक हस्तक्षेप बढेको छ भन्ने कुरा आएको छ नि ?
अन्य दलहरु बाट भएको भए राम्रो होईन, नेपाली कांग्रेसबाट त्यस्तो भएको छैन।

व्यक्तिगत कुरालाई मात्र एजेण्डा बनाएर जनप्रतिनिधि नगरसभामा प्रस्तुति हुन्छन् भन्ने कुरा लाई कसरी लिनु हुन्छ ?
यदि भएको भए अत्यन्तै दुर्भाग्य हो । हाम्रोलाई होइन राम्रोलाई, आफ्नोलाई होईन आवश्यकतालाई भन्ने कुराको पहिचान गरि सामुहिक एजेन्डा बनाएर अगाडि बड्नु पर्दछ ।

देशकै ठूलो प्रजातान्त्रिक पार्टी भनेर चिनिने नेपाली कांग्रेस भित्र किन गुट उपगुटको राजनीति चलिरहेको छ ?
हाम्रो नगरमा छैन । पार्टीको महाधिवेशन सम्म नीति र नेतृत्वमा बहस हुनु अनेथा होइन । स्वभाविक नै हो भन्नु पर्छ ।

महाधिवेशन पनि नजिकिदै छ, यसले तलका कमिटिमा पर्ने असर र अवसर के देख्नु हुन्छ ?
नेपाली कांग्रेसको लागी महाधिवेशन भनेको महान चाड हो । अझ १४ औ महाधिवेसन त झन महत्त्वपूर्ण छ । राज्यको पुर्न संरचनासंगै नयाँ कार्यसमिति निर्माणका साथै नेता तथा कार्यकर्तामा नयाँ उर्जा र उत्साहका साथ थप नेतृत्व र जिम्मेवारीले पार्टी थप संगठित र सुदृढीकरण हुने छ ।

काँग्रेस हाँक्नका लागि सभापतिमा देउवा, पौडेल को ठिक छन् ?
दुबै नेता उतिकै सम्मानित र सक्षम हुनुहुन्छ ।

कोइरालाको निधन पछि देउवाले एकलौटी रुपमा हावीपना देखाए भन्ने छ नि, यसलाई के भन्नु हुन्छ ?
यसमा पार्टी सामुहिक सहभागिता र निर्णयबाट चल्ने भएको हुँदा त्यसतो देखिदैन ।

समय दिनु भयो त्यसका लागि धन्यवाद
मेरो विचारलाई जनतामाझ ल्याइदिनु भएकोमा कैलाश खबरलाई पनि धेरै धेरै धन्यबाद । जयनेपाल

 


Thali Mobile Pvt.Ltd.