भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

जसपाका तीन मन्त्री फिर्ता, एक मन्त्री एथावत

जसपाका तीन मन्त्री फिर्ता, एक मन्त्री एथावत

काठमाडौं । सरकार समर्थक राजनीतिक दलहरुले फटाफट मन्त्री फेरबदल गरिरहेका छन् । केही दिन पहिले नेकपा एसले सरकारमा प्रतिनिधित्व गर्ने आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँमन्त्रीहरुलाई सरकामा सामेल गराएको छ भने जनता समाजवादी पार्टी (जसपा)ले पनि आफ्ना तीन जना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउदै तीन जना नयाँ मन्त्रीको नाम समेत प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष सिफारिस गरिसकेको छ ।

नयाँ मन्त्रीको नाममा सिफारिस भएकामा इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र सिंह रहेका छन् । राईलाई भौतिक पूर्वाधार, यादवलाई वन र राष्ट्रिय सभा सदस्य सिंहलाई कृषि मन्त्रीको रुमा सिफारिस गरिएको जनाइएको छ ।

फिर्ता बोलाइएका मन्त्रीहरुमा कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादव रहेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई मन्त्रीबाट फिर्ता बोलाइएको छैन् ।

 

 

 


Thali Mobile Pvt.Ltd.