भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

जापान चन्द्रमाको सतहमा अवतरण गर्ने विश्वको पाँचौँ देश हुने

जापान चन्द्रमाको सतहमा अवतरण गर्ने विश्वको पाँचौँ देश हुने

एजेन्सी । चन्द्रमाको सतहमा यान अवतरण गराउने अभियान जापानले पनि शुरु गरेको छ । जापानको स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन मिसन (स्लिम) सफलतापूर्वक बिहीवार बिहान प्रक्षेपण भएको अधिकारीहरूलाई उधृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

यो मिसन सफल भयो भने जापान चन्द्रमाको सतहमा अवतरण गर्ने विश्वको पाँचौँ देश हुनेछ । अहिलेसम्म अमेरिका, रुस, चीन र भारतले मात्रै चन्द्रमामा आफ्नो मिसन सफलतापूर्वक अवतरण गरेका छन् । जापानको यो परियोजना १० करोड डलरको छ ।

यो मिसन झन्डै पाँच महिनाभित्र अर्थात् आउँदो फेब्रुअरीमा चन्द्रमाको सतहमा अवतरण हुने सम्भावना छ । यस मिसनको प्रक्षेपणपछि भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले जापानलाई बधाई दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.