भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जिन्स लगाएको निहुँमा भारतमा एक किशोरीको हत्या

जिन्स लगाएको निहुँमा भारतमा एक किशोरीको हत्या

काठमाडौं । भारतको उत्तर प्रदेशमा जिन्स लगाएको निहुँमा १७ वर्षीया किशोरी नेहा पासवानको हत्या भएको छ । परिवारका सदस्यहरुको कुटपिटबाट उत्तर प्रदेशको सभ्रेजी खर्ग गाउँकी किशोरीको भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सामान्य जिन्स लगाएको विषयमा विवाद हुँदा नेहालाई उनका हजुरबुबा र काकाहरुले लैरोले मरणासन्न हुने गरी पिटेको नेहाकी आमा शकुन्तला देवी पासवानले बताइन्। आमा शकुन्तला देवीका अनुसार ‘उसले ब्रत लिएकी थिई । साँझपख उसले जिन्स पाइन्ट र टप लगाएर पूजा थाल्दा हजुरबुबा र हजुरआमाले लुगाको विषयमा आपत्ति जनाएका थिए । नेहाले जिन्स लगाउनकै लागि बनाएको र आफूले लगाएको बताइन्’, र सोही विवाद बढ्दै गएपछि घटनाले ठूलो रुप लिएको हो ।

मरणासन्न पिटाइबाट बेहोस भएपछि किशोरीकी काकीले रिक्सा बोलाएर अस्पताल लान लागेको उनले बताइन् । तर, आफुलाई सँगै जान दिइनन् । आफन्तलाई घटनाबारे जानकारी गराएको र आफन्तहरु अस्पतालमा किशोरीलाई खोज्न गएको उनले बताइन् ।

त्यसको भोलिपल्ट गण्डक नदीको पुलमा किशोरीको शव झुण्डिरहेको हल्ला सुनेपछि त्यहाँ गएर हेर्दा शव नेहाकै रहेको पुष्टि भयो ।

घटनामा हत्या र प्रमाण नष्ट गर्न खोजेको आरोपमा १० जनाविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ । जसमा नेहाका हजुरबुबा, हजुरआमा, काका÷काकीहरु, काका छोराहरु र रिक्सा चालक पनि छन् ।

वरिष्ठ प्रहरी अधिकारी श्रीयस त्रिपाठीले अहिलेसम्म नेहाका हजुरबुबा, हजुरआमा, काका र अटोरिक्सा चालकलाई पक्राउ गरिएको बताए । अन्य आरोपीको पनि खोजी भइरहेको उनको भनाइ छ । नेहाका बाबु पञ्जाबको लुधियानामा कन्ट्रक्सन साइटमा मजदुरी गर्छन् ।

शकुन्तलाका अनुसार उनकी देवरानीलहरुले नेहालाई स्थानीय विद्यालयमा पढ्न नपठाउन पनि दबाब दिँदै आएका थिए । विद्यालयमा परम्परागत भारतीय कपडाभन्दा फरक पोशाक लगाइने गरेको उनीहरुको भनाइ थियो ।

भारतको ग्रामीण भारतमा बेलाबेलामा यस्ता घटनाहरु आइरहेका हुन्छन् । जहाँ महिलाहरुलाई निकै कडा नियम र नियन्त्रण गर्ने गरिन्छ । यो नियम नमान्नेलाई आफ्नै परिवारका सदस्यहरुबाट निर्मम यातना तथा कुटपिट हुने गरेको समाचारहरु बेलाबेलामा बाहिर आउने गरेको छन् ।

 


Thali Mobile Pvt.Ltd.