भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

अवैध हतियार सहित तीन जना पक्राउ

अवैध हतियार सहित तीन जना पक्राउ

काठमाडौँ । पर्साको वीरगञ्ज महानगरपालिकाबाट अवैध हतियारसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका – २५ का २२ वर्षीय अनिल पटेल, २० वर्षीय लक्की पटेल र पोखरीय नगरपालिका– २ का २० वर्षीय विक्रान्त पटेल रहेकाे प्रहरीले बताएकाे छ ।

हतियार बेचविखन भइरहेको सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका –१५ लक्ष्मणवा चोकस्थित एक होटलबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओमप्रकाश खनालले बताए ।

दुईवटा मोटरसाइकल बरामद भएको छ भने उनीहरुमाथि थप अनुसन्धान भइरहेको डीएसपी खनालले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.