भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जिप दुर्घटनामा मृतकको संख्या ५ पुग्यो

जिप दुर्घटनामा मृतकको संख्या ५ पुग्यो

बैतडी । जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । पाटन नगरपालिका–१ सकारकी ४० वर्षीया जानकी भट्टराईको उपचारको क्रममा मृत्यु भएपछि दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको प्रहरीले बताएको छ ।

बैतडीको पाटनबाट सकार जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका १ सकार खोलामा दुर्घटना दुर्घटना भएको हो । नवविवाहित जोडीसहित चार जनाको घटनास्थलमै मृत्यु भएको पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए ।

मृत्यु हुनेहरुमा सुर्नया गाउँपालिका–१ का २४ वर्षीय प्रेम चुनारा, उनकी श्रीमती २० वर्षीया मनिषा विक, सकारका १३ वर्षीय विनोद भट्टराई र ७२ वर्षीया रमा भट्टराई रहेका छन् ।

प्रेम र मनिषा बीच १० दिन अघिमात्रै बिहे भएको बताइएको छ । उनीहरु दुबैजना माइतीघर कैलपाल फर्किंदै गर्दा दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।दुर्घटनामा परि पाँच जना घाइते भएका छन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.