भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

जिम्बावेले नेपाललाई जितको लागि २१४ रनको लक्ष्य दियो

जिम्बावेले नेपाललाई जितको लागि २१४ रनको लक्ष्य दियो

काठमाडौँ, । जिम्बावे ‘ए’ टोलीले एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाललाई जितको लागि २१४ रनको लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जिम्बावेले ३२ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २१३ रनको योगफल बनायो । जिम्बावेका लागि टाडीवानाशे मारुमानीले सर्वाधिक ५० रनको योगदान दिए भने कुड्जाई मौन्जेले ३९ रन जोडे ।

त्यसैगरी रोय कियाले ३६, कप्तान टोनी मुन्योगाले २४, सेफासले १६, इनोसेन्ट कियाले १२ तथा लुक जोग्वी १९ रन जोडे । बलिङतर्फ नेपालका किशोर महतो एक्लैले पाँच विकेट लिए भने सोमपाल कामीले दुई विकेट झारे । त्यस्तै करण केसी र दिपेन्द्र सिंह ऐरीले समान एक– एक विकेट हात पारे । नेपाल अहिले जवाफी व्याटिङमा उत्रेको छ ।

 


Thali Mobile Pvt.Ltd.